मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अझै कति दिन पर्छ पानी ?

काठमाडौँ – काठमाडौँ उपत्यकामा वर्षा हुने क्रम जारी छ । 

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ सहित कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातदेखि नै वर्षा भइरहेको हो। सिमसिम वर्षा हुने र रोकिने यो क्रम आज दिनभर नै चल्ने उनको भनाई छ । 

अर्थात् आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। यो क्रम अझै २–३ दिन जारी रहने उनले जानकारी दिए । 

तीन – चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?