मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी फलका बोक्राले नै दिन्छ यति धेरै लाभ

तरकारी होस् वा फलफूल प्रायको बोक्रालाई हामी तासेर फाल्ने गर्दछौं । तर फलफूल मात्र नभई त्यसका बोक्रा पनि स्वास्थ्यकालागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धी समस्याबाट बचाउने गर्दछ ।

वास्तवमा फलफूलको बोक्रामा थुप्रै प्रकारका पौष्टिक तत्व पाइन्छ । जो छालाकालागि निकै फाइदाजनक हुन्छ । यस्ता फलफूलको प्रयोगले गोरो र चम्किलो अनुहार पाउनुका साथै अन्य धेरै लाभ पाउन सकिन्छ । तर यसकालागि कुन फलको बोक्रालाई कसरी प्रयोग गर्ने रु

केरा

केरा बाह्रैमास पाइने फल हो । यसको बोक्रामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेस कम गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

सुन्तला

सुन्तला भिटामिन सीले भरपुर फल हो । यो छालाकालागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स हट्नुका साथै छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

खरबुजा

गर्मी मौसममा मात्र पाइने खरबुजाको सेवनले शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्दछ । खरबुजाको बोक्राको पेष्ट बनाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्याबाट राहत पाउन सकिन्छ । यसले छालालाई विशेष चम्किलो राख्दछ ।

अनार

सनस्क्रिन लगाउँदा एलर्जी हुनेहरुले अनारको बोक्राको पेस्ट लगाउन सक्छन् । यसले दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

मेवा

बाह्रैमास पाउने अर्को फल हो, मेवा । जसको सेवनले ग्यास, कब्जियत, अपचजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै यसको बोक्राको प्रयोगले छालाकालागि फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा यसले चाउरीपन लगायतबाट राहत प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?