मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँलाई पनि निकै उपयोगी हुनसक्छ गुगलका यी पाँच टुल

काठमाडौँ– तपाईँका हरेक जिज्ञासाको जवाफ गुगलले दिन्छ । प्रविधिको तीव्र विकाससँगै मानिसका आवश्यकतालाई ध्यानमा राखेर गुगलले युट्युब, गुगल क्रोम, ड्राइभ, गुगल फोटोजमा पनि सञ्चालन गरिरहेको छ । 

मानिसको दैनिकीलाई सहज बनाउनका लागि गुगलले धेरै एप ल्याएको छ । के तपाइलाई थाहा छ, गुगलले ७५ बढी एपहरु सञ्चालन गरिरहेको छ ।

आज हामी गुगलका अन्य केही उपयोगी उत्पादनका बारेमा जानकारी दिनेछौ । जुन तपाईँले प्रयोग नगरेको तर उपयोगी हुन सक्छन् ।

गुगल अर्थ– यो गुगलले विकास गरेको भर्चुअल ग्लोब वा म्यापिङ सफ्टवेयर हो । जसको मद्दतले आफ्नो मोबाइल वा कम्प्युटर स्क्रिनबाट विश्व हेर्न सकिन्छ भन्दा पनि फरक पर्दैन ।

रिमोट डेस्कटप– रिमोट डेस्कटपको सहायताले तपाई भौतिक रूपमा उपस्थित नभईकनै कसैलाई कम्प्युटरबाट गरिने काममा सहयोग गर्न सक्नुहुन्छ । यसका लागि गुगलमा गएर रिमोट डेस्कटप सर्च गर्नुभयो भने क्रोम रिमोट डेस्कटप भन्ने देखिन्छ । जसलाई तपाइले रिमोट डेस्कटपको एक्सटेन्सन र एप डाउनलोड गरेर सेट अप गर्नुपर्ने हुन्छ ।  र एउटै इमेल प्रयोग गरिएका दुई ओटा कम्प्युटरमा कम्प्युटरमा पहुँच पाउन सक्नुहुन्छ । 

स्नापसिड– यो गुगलले विकास गरेको निःशुल्क फोटो एडिटिङ एप हो । यो एन्ड्रोइडका साथै आईओएसका लागि पनि उपलब्ध छ । यसमा फोटो एडिटिङका लागि थुप्रै फिचरहरू रहेका छन् ।   

स्कलर– विशेष गरी स्नातक तह भन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीहरूका परियोजना वा अनुसन्धानका लागि उपयोगी साबित हुने गुगलको यो एपले कलेजले दिने प्रोजेक्ट या रिसर्च पेपर अथवा थेसिसका लागि उपयोगी हुन्छ । यसमा विभिन्न विषयका विज्ञहरू, वैज्ञानिक, अनुसन्धानकर्ताहरूले  विभिन्न विषयमा लेखेका लेख, जर्नल भेट्न सकिन्छ । 

जेमिनी– जेमिनी गुगलको एआई टुल हो । यो च्याटजीपीटी, को पाइलट जस्तै टुल हो । जसबाट हामीले हाम्रो दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधान खोज्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?