मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक्स–रे के हो ? किन गरिन्छ ?

कुनै न कुनै समयमा शरीरको कुनै अङ्गको एक्स–रे हामीमध्ये धेरैले गराएकै हुन्छौँ । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् ।

एक्स-रे –भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर अगाडि आउँछ, जसमा हड्डीको तस्वीर देखिन्छ । तर यसको काम तस्वीर देखाउने मात्र होइन, अन्य धेरै छन् । जसको वास्तविक जानकारी कमैलाई थाहा होला ।

एक्स–रे के हो ?

एक्स–रे एक प्रकारको इमेजिङ परीक्षण हो । जसले तपाईंको हड्डी र त्यससँग जोडिएको अन्य अङ्गको तस्वीर बनाउँछ । एक्स–रे मेसिन यो चित्र बनाउन सुरक्षित मात्रामा विकिरणको उपयोग गरिन्छ । एक्स–रे मार्फत तयार भएको तस्वीरबाट चिकित्सकले उपचार गर्ने र कस्तो उपचार लाग्छ त्यसबारे योजना बनाउँछन् ।

प्राय हड्डी भाँचिएको अवस्थामा, कुनै आकस्मिक दुर्घटनामा परेर शरीरको कुनै पनि भागको हड्डी भाँचिएको छ कि छैन र यसमा लाग्ने रोगबारे जाँच गरिन्छ । हड्डीको अवस्था एक्स–रे सुरक्षित र प्रभावकारी तरिका हो । 

एक्स–रे किन गर्ने ?

–भाँचिएको हड्डीको पहिचान गर्न

–दुखाइ र सुन्निएको लक्षणको कारण पत्ता लगाउन

–शरीरमा अन्य बाह्य वस्तुको पहिचान गर्न

–हड्डी, जोर्नी वा जोर्नीसँग टाँसिएको नरम मासुको संरचनात्मक समस्यालाई पत्ता लगाउन

–र, क्यान्सर र अन्य रोगको लागि पनि नियमित परीक्षण आवश्यक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?