मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज राति देशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ – कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए ।

महाशाखाका अनुसार आज राती पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली ‘आकाशमा बादल’ छ भने देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?