मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री अदिति र सिद्धार्थ विवाह बन्धनमा बाँधिए

काठमाडौँ – बलिउड अभिनेत्री अदिति राव हैदरीले आफ्ना लामो समयदेखिका प्रेमी सिद्धार्थसँग विवाह गरेकी छन् । रिपोर्टका अनुसार उनीहरु दुबैले तेलंगानाको रंगनाथ स्वामी मन्दिरको सात परिक्रमा गरेका छन् ।

अदिति र सिद्धार्थले आफ्नो परिवार र नजिकका आफन्तहरूको उपस्थितिमा विवाह गरेका हुन्। दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

रिपोर्टका अनुसार अदिति र सिद्धार्थले आफ्नो परम्परागत रीतिथिति अनुसार विवाह गरेका थिए । उनीहरुको विवाहका लागि तमिलनाडुबाट पुजारी बोलाइएको थियो । दुबैले विवाह गरेको मन्दिर वानापर्थीमा रहेकोले अदितिको यस ठाउँसँग विशेष सम्बन्ध छ ।

अभिनेत्रीका मामा हजुरबुवा वानापार्टी संस्थानमका अन्तिम शासक थिए। यसबाहेक उनी शाही परिवारका हुन् । अदिति अकबर हैदरीकी नातिनी हुन् । उनका हजुरबुवा मुहम्मद सालेह अकबर हैदरी पनि असमका पूर्व गभर्नर थिए।

सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन्। साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।
अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

सिद्धार्थ र अदिति राव हैदरी दुवैको यो दोस्रो विवाह हो । यी स्टारको पहिलो विवाह टुटेको छ भने सम्बन्धविच्छेद पनि भएको छ । अदितिको पहिलो विवाह सत्यदीप मिश्रसँग भएको थियो । दुबैले आफ्नो बिवाह गोप्य राखेका थिए । पछि दुवै अलग भए ।

यदि सिद्धार्थको कुरा गर्ने हो भने उनले पहिलो पटक सन् २००३ मा विवाह गरेका थिए । यो विवाह लामो समय टिकेन र २००७ मा जोडी अलग भयो।

अदिति राव हैदरी र सिद्धार्थ आफ्नो जीवनलाई व्यक्तिगत राख्न रुचाउँछन् र सायद यही कारणले उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् । तर, यो जोडीले अहिलेसम्म आफ्नो विवाहको घोषणा गरेका छैनन् न त उनीहरुको विवाहको कुनै तस्विर सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?