मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तस्वीरमा हेर्नुहोस् बागमती प्रादेशिक ललितकला प्रदर्शनी

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ लगायतकाको सहभागितामा मंगलवारदेखि प्रदर्शनी शुरु गरिएको हो ।

बागमती प्रदेश कला, संस्कृतिसँगै भौगोलिक रूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवर्धनमा प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री तामाङले बताए । पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन सहयोग गर्ने उनले धारणा राखे ।

कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवर्धन ललितकलाको ठूलो भूमिका भएको बताए । नेपालको संविधान २०७२ अनुरूप रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा ६ वटा प्रदेशमा प्रदर्शनी गरिसकेर बागमती प्रदेशमा प्रदर्शनी शुरु गरेको हो ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?