मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी चिन्ने रातो र सेतो मासु ?

काठमाडौँ– चिकित्सकका अनुसार स्वास्थ्यका लागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । तर तपाईँलाई थाहा छ कसरी पत्ता लगाउने रातो र सेतो मासु ?

सेतो मासु भनेको पक्षीजन्य मासु हो । अझ युरिक एसिड भएको बिरामीले त रातो मासु खानु हुँदैन । माछा र कुखुराबाहेक सबै खालका मासुलाई रातो मासु भनिन्छ ।

सामान्यतया स्तनधारी जनावरको मासुलाई रातो मासु भनिन्छ तर मासुका लागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ ।

वयस्क बङ्गुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको बङ्गुरको मासुलाई सेतो मासु भनिन्छ ।

रातो मासु हुने पशुमा खसी बोका, भेडा बाख्रा, भैँसी राँगा पर्छन् भने पन्छीमा हाँस, कोइली, परेवा, सुतुरमुर्ग तथा जङ्गली जनावरहरू (मृग, हरिण आदि) हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?