मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निष्क्रिय जीवनशैलीले निम्त्याउँछ यस्ता रोगहरू 

दैनिक रूपमा अत्यधिक मात्रामा बस्ने वा कुनै शारीरिक व्यायाम नगर्ने जीवनशैलीलाई निष्क्रिय जीवनशैली भनिन्छ ।

निष्क्रिय गतिविधिहरूमा अत्यधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, काम वा स्कुलमा बस्ने र यात्रा गर्ने जस्ता गतिविधि पर्दछन् ।

प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन् तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिलाई भने  सीमित गरेको छ ।

जो व्यक्ति नियमित शारीरिक गतिविधिबाट टाढा रहन्छन्। निष्क्रिय जीवनशैली अपनाउँछन् उनीहरूमा स्वास्थ्य समस्या अवश्य निम्तन्छ ।

–लामो समयसम्म बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन्। दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धूम्रपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ ।

–बढ्दो निष्क्रिय व्यवहारका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि भइरहेको छ । 

–बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ ।  यसको प्रभावले उनीहरूले अत्यधिक समय स्क्रिनजन्य उपकरणमा बिताइरहेका छन् । 

–निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ । मांसपेशीहरू अन्ततः कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न छोड्छन्। 

–दैनिक ५ घण्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक १ प्रतिशतले मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ । यसले गर्दा बारम्बार थकान महसुस हुन्छ । अध्ययनले देखाएअनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या बढी हुने गर्छ ।

–मानिसमा निष्क्रिय जीवनशैली र बढ्दो खाने बानिले गर्दा शरीरमा अनावश्यक  तौल बढ्ने गर्दछ जसका कारण मधुमेह हुने सम्भावना उत्तिकै हुन्छ । निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ विशेष गरी भिटामिन बी र डी को कमीले हाडजोर्निको समस्या निम्त्याउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?