काठमाडौँ– पछिल्लो समय एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ ।
यस्तै अहिले सङ्गीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ ।
कम्प्युटर प्रणाली मार्फत दिइने लिखित निर्देशनका आधारमा अडियो सामग्री सिर्जना गर्ने शैली पनि विकसित भएको छ ।
त्यस्तै अहिले सङ्गीत सम्बन्धी अधिकांश काम गर्न सक्ने गरी ‘सुनो’ नामक एआई टुल सार्वजनिक भएको छ ।
जसले गीतको शब्द, गायन, वाद्यवादन प्रोम्प्टका आधारमै तयार पार्न सक्ने बताइएको छ ।
केही समय अघिमात्रै एआईको प्रयोग गरी भारतका एक मृतक गायकको आवाजमा समेत गीत रेकर्ड गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया