काठमाडौँ – भारतीय सिने उद्योगमा अहिलेसम्मकै महँगो दाबी गरिएको फिल्म ‘कल्कि २८९८ एडी’ अहिले चर्चामा छ ।
प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन जस्ता दिग्गज कलाकार देखिने यो फिल्ममा उनीहरूको भूमिका के हुन्छ भन्ने चासो पनि उत्तिकै छ । यहीबीचमा अहिलेसम्म हसन भिलेनको रूपमा देखिने चर्चा भइरहेको थियो ।
तर अहिले उनी आफैले आफ्नो भूमिका बारे खुलासा गरेका छन् । एक अन्तवार्ताका क्रममा उनले ‘कल्कि २८९८ एडी’मा आफू ‘गेष्ट रोल’मा मात्रै देखिने खुलासा गरेका हुन् ।
योसँगै उनी भिलेन हुने चर्चा असत्य साबित भएको छ भने उनको भूमिका छोटो रहेको समेत प्रस्ट भएको छ ।
नाग अश्विनको निर्देशनमा बनिरहेको यो फिल्म अश्विनले नै लेखेका हुन् । अश्विनी दत्त प्रोड्यूसर रहेको यो फिल्ममा सङ्गीत सन्तोष नारायणले दिने छन् भने ‘कल्कि २८९८ एडी’ यो वर्षको सबैभन्दा बढी प्रतीक्षित फिल्म हो ।
जसको रिलिज मिति समेत घोषणा गरिएकोमा भारतमा हुन लागेको लोकसभा निर्वाचनले प्रभाव पार्न सक्ने चर्चा भने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया