मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

लामो समय कम्युटर या मोबाइल हेर्दा आँखा किन दुख्छ?

आँखा पोल्ने समस्याबाट कसरी जोगिने?

प्रविधिको उपयोगले आम मानव जीवन सहज भए पनि कम्प्युटर तथा मोबाइलजस्ता इलेक्ट्रोनिक डिभाइसको प्रयोगले विभिन्न खालका समस्या देखा परेका छन् ।

भर्खरैको बालकदेखि वृद्धवृद्धासमेत मोबाइलमा अधिक समय बिताउँदा केही समयपछि आँखामा समस्या देखिने गरेको पाइन्छ । डिजिटल युगको शुरुवातसँगै कतिपय घरायसी काम र कार्यालयका प्राय: काम कम्प्युटरमार्फत हुन थालेका छन् ।

समाज डिजिटल युग बन्दै जाँदा कतिपयमा भने कम्प्युटर या मोबाइल डिभाइसको प्रयोग आदत नै बनिसकेको छ । युवापुस्ताले भिडियो गेम खेल्न, साथीभाइसँग च्याट गर्नसमेत मोबाइल तथा कम्प्युटरको प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ ।

विशेषगरी धेरै लामो समय स्क्रिनमा बस्दा हाम्रो आँखामा कस्तो असर पर्छ भन्ने कुराको हामीले त्यति हेक्का गरेका हुँदैन । डिजिटल स्क्रिनहरुको असरले हाम्रो आँखामा कस्तो असर पर्छ ? कसरी संयमता अपनाउने ? आँखाको सुरक्षामा कस्तो ध्यान दिने लगायतका विषय वरिपरि रहेर नेत्र रोग विशेषज्ञ डा. पारस पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

हामीले कम्प्युटर र मोबाइल स्क्रिनमा धेरै समय बिताउँदा आँखामा कस्तो समस्या निम्तिन्छ?

हामीले धेरै समय कम्प्युटर र मोबाइल स्क्रिन लगायत ग्याजेटमा समय बिताउँदा हाम्रो आँखा सुख्खा हुने समस्या हुन्छ । साथै आँखाको वरपर दुख्ने, आँखालाई थकान महसूस हुने, पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरु उत्पन्न हुन्छ ।

हामीले दैनिक कति समयभन्दा बढी स्क्रिन हेर्नु हुँदैन?

स्क्रिनमा कति समय बस्ने भन्ने कुरामा एउटा रुल छ । यो नियम हो, २०/२० मिनेट । यसको अर्थ के हो भने स्क्रिन हेरिरहेको हरेक बीस मिनेटमा बीस फिट पर बीस सेकेन्ड सम्मको लागि हेर्ने गर्नुपर्छ ।

के स्क्रिनमा धेरै समय बिताउँदा टाउको दुख्ने समस्या हुन्छ ?

स्क्रिन टाइम र टाउको दुखाइ एक–अर्कासँग अन्र्तसम्बन्धीत छ । लामो समयसम्म स्क्रिन टाइम भयो भने अवष्य नै टाउको दुख्छ । किनभने स्क्रिन हाम्रो आँखाको नजिकै हुन्छ हेर्दा एकै ठाउँमा फोकस भइरहनुपर्ने हुन्छ ।

एकैठाउँमा फोकस भएर हेर्दा आँखाको मसल्जहरुमा प्रभाव पर्ने हुन्छ । यसैकारण आँखा वरिपरि दुख्छ र टाउको आँखाको नजिक हुने हुँदा यसमा पनि दबाब पर्छ । 

हामीले स्क्रिनको असरबाट आँखा बचाउन के–कस्ता सावधानीहरु अपनाउन सक्छौं ?

यदी तपाई आफ्नो आँखालाई स्वस्थ र सुरक्षित राख्न चाहनुहुन्छ भने स्क्रिनको अगाडि बस्दा पावर नभएको ‘ब्लू रे कट’ चश्मा लगाएर मात्र बस्नुहोला । यो ‘ब्लू रे कट’ चस्माले कम्प्युटर जस्ता स्क्रिनहरुबाट आउने ‘रे’हरुलाई कट गर्छ ।

जसले गर्दा उक्त ‘रे’ (विकिरण) हरु सीधै आँखामा जान पाउँदैन । जसले गर्दा स्क्रिन टाइम बढी भए पनि केही हदसम्म आँखामा समस्या कम हुन्छ । तर १५ वर्षभन्दा तलका उमेरलाई भने ‘ब्लू रे कट’ चश्मा नलगाउन हामी सुझाव दिन्छौं ।

अर्को भनेको स्क्रिनमा लामो समय बिताउँदा आँखा निकै सुख्खा हन्छ, जसकारण हामीले आर्टिफिसियल टिएर (कृत्रिम आँसु) को प्रयोग गर्नुपर्छ । जसले केही हदसम्म हाम्रो आँखाको रक्षा गर्दछ ।

आँखा तेजिलो बनाउन हामीले कस्ता खानेकुराहरुको सेवन गर्नुपर्छ ?

आँखाका लागि मुख्य आवश्यक तत्व भनेको भिटामिन ‘ए’ हो । यसकारण भिटामिन ‘ए’ पाइने तरकारी, फलफूलहरु जस्तै लट्टे, सिस्नो, करी पत्ता, चुकन्दर, साग, ब्रोकाउली, पनिर, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलगम, टमाटर, सखरखण्ड, तरबुजा, मेवा, मकैका दाना, पहेँलो रङ्गका फलफूलहरुको सेवन गर्नपर्छ । साथसाथै पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।

हामीलाई टाउको दुख्ने समस्या भयो भने पनि आँखाको परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिनुहुन्छ, यो टाउको दुख्ने र आँखामा समस्या हुने कुरा कसरी अन्तरसम्बन्धित हुन्छ ?

आँखा र टाउको अवश्य पनि एक–अर्कासँग सम्बन्धित हुन्छन् । किनकि आँखामा आउने नशा टाउकोबाट नै आएको हुन्छ । यसकारण टाउको र आँखा कनेक्टेड हुन्छ । स्क्रिनमा हामी एकोहोरो रुपमा निकै नजिकबाट हेरिरहेका हुन्छौँ । 

यसकारण आँखा वरपर दुख्ने, आँखाको मांशपेसी थाक्ने हुन्छ र स्वभाविक रुपमा आँखा माथि हुँदै टाउको नै दुख्ने गर्छ ।

अन्त्यमा आम पाठकलाई केही सुझाव दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिला म के भन्छु भने, सकेसम्म आफ्नो स्क्रिन समयलाई घटाउनुहोस् । पानी पर्याप्त मात्रामा पिउनुहोस् ।  खुल्ला आँखाले स्क्रिन हेर्ने बानी हटाउनुहोस् । तपाईँको आँखा कमजोर छ भने पावरवाला चश्मा अनिवार्य लगाउनुहोस् । यदि पावर ठीक छ भने पनि ‘ब्लू रे कट’ चश्माको सहायतामा मात्र ग्याजेटहरुको प्रयोग गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?