मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन किताब पढ्न पाइने यी ६ प्लेटफर्म

काठमाडौँ– दैनिक जीवनयापनदेखि व्यावसायिक प्रयोजनसम्मका धेरै कामहरू पछिल्लो समय इन्टरनेटको प्रयोगबिना असम्भवजस्तै लाग्न थालेका छन् ।

इन्टरनेटमा आफूलाई चाहिने हरेक सूचनाहरू सहजै पाउन सकिन्छ । यतिसम्मकी अहिले त धेरै किताबहरू समेत इन्टरनेटमा उपलब्ध हुन थालेका छन् ।  

विभिन्न स–शुल्क तथा निः शुल्क ई–बुक प्लेटफर्मबाट पुस्तक डाउनलोड गरेर आफ्नै मोबाइल वा ल्यापटप तथा डेस्कटपमा किताबहरू पढ्न सकिन्छ । तर कतिपय मानिसलाई यस्ता प्लेटफर्महरूका बारेमा जानकारी नहुन पनि सक्छ ।

त्यसकारण आज हामी तपाइलाई केही यस्ता ई–बुक प्लेटफर्मका बारेमा जानकारी दिँदै छौँ । जहाँ तपाईँले आफूलाई मन पर्ने किताबहरू पाउन सक्नुहुन्छ । 

ई–पुस्तकालय: ई–पुस्तकालय एउटा निःशुल्क तथा ओपन लाइब्रेरी हो । तपाईँले यहाँ किताब पढ्न, सुन्न, भिडिओ हेर्न तथा अभ्यास गर्न सक्नुहुन्छ । 

राष्ट्रिय पुस्तकालय: राष्ट्रिय पुस्तकालय नेपाल सरकारले सञ्चालन गरेको ई–लाइब्रेरी हो । यो एक भौतिक पुस्तकालय पनि हो । तर त्यहाँ उपलब्ध विभिन्न स्रोतलाई अनलाइनमा उपलब्ध गराइएको छ । 

ओपन लाइब्रेरी: इन्टरनेट अर्काइभले सञ्चालन गरेको यो एक डिजिटल लाइब्रेरी हो । यस प्लेटफर्ममा किताब पढ्नका लागि भने अकाउन्ट बनाउनु पर्छ  । अकाउन्ट रजिस्टर गरिसकेपछि यहाँ उपलब्ध सबै किताब तथा स्रोतमा पहुँच पाउन सकिन्छ । 

प्रोजेक्ट गुटेनबर्गः यो प्लेटफर्म दाताहरूको सहयोगबाट ईबुक डाउनलोड साइट हो । यसमा ७० हजार बढी किताब रहेका छन् । 

पीडीएफ बुक्स वल्र्डः निः शुल्क ईबुक पढ्न पाइने अर्को प्लेटफर्म पीडीएफ बुक्स वल्र्ड पनि हो । यहाँ तपाईँले हजारौँ विदेशी लेखकका किताब, लेख पढ्न सक्नुहुन्छ । 

थुप्रै: थुप्रै पनि एउटा लोकप्रिय ई–बुक प्लेटफार्म हो । यो प्लेटफर्मबाट पनि किताब अर्डर गर्ने, ईबुक पढ्ने, अडिओ बुक सुन्ने लगायतका काम गर्न सकिन्छ । तर केही किताब निःशुल्क पढ्न पाइने भएता पनि अधिकांश किताब भने शुल्क तिरेर नै पढ्नुपर्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?