मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् किसमिस खानुका फाइदा

किसमिस एक बहुगुणकारी खानेकुरा हो । किसमिस नचिन्ने मानिस कमै होलान् । यो सुकाइएका फलफूलहरूमध्ये सजिलै पाइने र सुलभ मूल्यमा किन्न सकिने फलमध्येमा पर्दछ ।

अङ्गुरलाई सुकाएर किसमिस बनाइन्छ । मध्य युगदेखि नै मानिसले यसलाई खाद्यवस्तुका रूपमा प्रयोग गर्दै आइरहेका छन्। त्यस बेलामा किसमिसलाई खानेकुराहरूमा गुलियोपन बढाउनको लागि प्रयोग गर्ने गरिन्थ्यो । यो फल महपछि सबैभन्दा बढी उपयोग हुने गर्दथ्यो । 

किसमिस दुई तरिकाले बनाइन्छ । पहिलो तरिका हो अङ्गुरलाई घाममा सुकाउने । दोस्रो तरिका चाहिँ मेसिनमा सुकाउने । घाममा दुई हप्ता सुकाएपछि त्यसलाई आकारको आधारमा वर्गीकरण गरेर प्याक गर्ने गरिन्छ । राम्ररी सुकाएर बनाइएको किसमिस हत्तपत्त बिग्रँदैन ।

अत्यन्तै पौष्टिक हुने तथा सन्तुलित आहारको रूपमा लिइने किसमिस खानुका केही फाइदाहरू यस प्रकार रहेका छन्स्

–किसमिसमा प्रचुर मात्रामा पौष्टिक तत्त्वहरू पाइन्छन् । मूलतः यो फलाम, पोटासियम, म्याग्नेसियम र क्याल्सियम जस्ता भिटामिन र खनिजहरूको राम्रो स्रोत हो। त्यसबाहेक, यसमा पाचन स्वास्थ्यका लागि आवश्यक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ ।

–किसमिस कार्बोहाइड्रेटको पनि राम्रो स्रोत हो। सबैलाई थाहा भएकै कुरा हो कि कार्बोहाइड्रेट शरीरको लागि चाहिने ऊर्जाको प्राथमिक स्रोत हो। त्यसैले किसमिस खाँदा हाम्रो शरीरले ऊर्जा पनि प्राप्त गर्ने गर्छ ।

–किसमिसमा फाइबर पाइन्छ । फलतः यसले हाम्रो पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्छ । कब्जियत भएका मानिसहरू त किसमिस खानु झनै फाइदाजनक कुरा हो । यसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ । त्यसबाहेक किसमिसमा भएको फाइबरले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।

–किसमिसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्त्वहरू पाइन्छन् । यी तत्त्वहरूले हाम्रो शरीरमा बाह्य वा आन्तरिक रूपमा रहेका इन्फ्लेमेसनलाई कम गर्न वा निको पार्न मद्दत गर्छ । शरीरमा लामो समयसम्म इन्फ्लेमेसन रहिरह्यो भने त्यसले हृदय रोग र क्यान्सर समेत गराउने सम्भावना रहन्छ । त्यसबाहेक, किसमिसमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले आँखाको ज्योति बढाउन समेत सहयोग गर्छ ।

–किसमिसमा क्याल्सियम र म्याग्नेसियम हुन्छ । यी दुई तत्त्वहरू हड्डी स्वस्थ राख्न आवश्यक खनिजहरू हुन्। नियमित रूपमा किसमिस खाने गर्नाले हड्डीलाई बलियो बनाउँछ, हड्डी खिइने समस्याबाट हामीलाई बचाउँछ । घुँडा तथा शरीरका हड्डीहरूको दुखाइको समस्या हुनेहरूले किसमिस खानु थप फाइदाजनक हुन्छ । 

–किसमिसमा क्यालोरी र फ्याट कम भएको खानाको एउटा राम्रो विकल्प हो । थोरै किसमिस खाँदा पनि हामीलाई अघाएको अनुभूति हुन्छ । अर्थात् यसको सेवनले भोक लाग्न दिँदैन । त्यसैले किसमिसलाई तौल बढ्न नदिने खाद्य विकल्पको रूपमा लिइने गरिन्छ । मोटोपनले चिन्तित भएका तथा तौल घटाउन खोज्ने मानिसहरूको लागि यो एउटा राम्रो विकल्प हुन सक्छ ।   

–किसमिसमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । यो भिटामिन शरीरको प्रतिरक्षा प्रणालीको लागि आवश्यक हुन्छ । त्यसैले नियमित रूपमा किसमिस खानाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने र सङ्क्रमणको जोखिम कम हुने गर्छ ।

–कतिपय परम्परागत उपचार पद्धतिमा किसमिसले यौन दुर्बलतालाई हटाउने विश्वास गरिन्छ । कामेच्छा कम हुने तथा यौन दुर्बलता भएकाहरूले नियमित रूपमा किसमिस खाँदा फाइदा गर्छ ।

–किसमिसमा पर्याप्त मात्रामा फलाम र भिटामिन बी कम्प्लेक्स पाइन्छ । यी दुई तत्त्वहरू रगतको निर्माण आवश्यक मानिन्छ । फलतः रगतको कमीको समस्या हुनेहरूले नियमित रूपमा किसमिस खाने गर्दा फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?