मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्रिसको समुन्द्र मुनी भेटियो ५ हजार पुरानो जहाजको भग्नावशेष

काठमाडौँ –  अन्वेषकहरूले ग्रिसको समुन्द्रमा १० वटा जहाजको भग्नावशेष र विश्वभरि छरिएका पुरातन कलाकृतिहरू फेला पारेका छन्। 

अनुसन्धानकर्ताहरूले एउटा जहाज ५ हजार वर्षभन्दा पुरानो भएको अनुमान गरेका छन् ।

ग्रिसको संस्कृति मन्त्रालयले हालै होमरको इलियड महाकाब्यलाइ आधार मानेर पानी मुनि रहेको पुरातात्विक टोलीले एजियन सागरको सानो टापु कासोसको तटमा चार वर्षको सर्वेक्षणको क्रममा यो खोज गरेको घोषणा गरेको छ ।

इलियड एक प्राचीन ग्रीक शास्त्रीय महाकाव्य हो, जसलाई सबैभन्दा पुरानो ग्रीक कविहरू मध्ये एक होमरको रचना मानिन्छ।


टोलीहरूले पानीमुनि यात्रा गर्दा फेला पारेको हजारौँ वर्षको इतिहास भएको १० वटा जहाजमध्ये सबैभन्दा पुरानो जहाज ३००० ईसा पूर्वको रहेको बताइएको छ।

यी जहाजहरू विभिन्न युगहरूमा डुबेका थिए, जस्तै क्लासिकल अवधि (४६० ईसा पूर्व), हेलेनिस्टिक अवधि (१००ईसा पूर्वदेखि २०० ईस्वी), रोमन वर्ष (२०० ईसा पूर्व) र बाइजान्टिन अवधि ८०० देखी ९०० ईस्वी सम्बत)मा डुबेका थिए । 

टोलीले भर्खरको जहाजको अवशेष पनि फेला पारेको छ। यो जहाज दोस्रो विश्वयुद्धको हो। यो काठले बनेको थियो र लगभग १०० फिट लामो थियो।

सीबीएस न्यूजका अनुसार मन्त्रालयले भन्यो कि भग्नावशेषको नजिक, अन्वेषकहरूले स्पेन, इटाली, अफ्रिका र एसिया माइनरका अनौठो वस्तुहरूको टुक्रा पनि फेला पारेका छन्,जसमा स्पेनिस एम्फोरा पनि १५०–१७० बीचको पनि रहेको छ ।

यी चीजहरू मध्ये पिउने भाँडाहरू, अफ्रिकाबाट टेरा सिगिलाटा फ्लास्कहरू र पुरातन कालको एक ढुङ्गा लंगर, जुन ईसा पूर्व ८ औँ शताब्दीदेखि ईसा पूर्व ५ औँ शताब्दीसम्म चलेको थियो, पनि फेला परेको थियो। संस्कृति मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणका ६ वटा तस्बिरमध्ये एउटा लकरको पनि थियो ।

सबै जहाजका अवशेषहरू र डुबेका खजानाहरू ६५ देखि १५५ फिटको गहिराइमा भेटिएका थिए। २०१९ देखि २०२३ सम्म अन्वेषकहरूले २० हजार भन्दा बढी पानीमुनि तस्बिरहरू लिए र पहिलो पटक कासोस कारपाथोस चट्टानको नक्सा बनाउन साइड स्क्यानिङ सोनार प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?