मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४ विकेटले विजयी

काठमाडौँ – रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

इण्डियन प्रिमियर लिग ‍(आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १९‍२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए । 

यसअघि पञ्जावलेपहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?