मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज नेपाल आयरल्याण्डसँग दोस्रो खेल खेल्दै

काठमाडौँ – टी–२० सिरिज अन्तर्गत आज नेपालले आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै छ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। दुई खेलको सिरिजमा पहिलो खेलमा विजयी भएको नेपाल १० ले अगाडि छ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको थियो। आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो।

आयरल्याण्डसँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्दै छ। यो सिरिज बिहीबारदेखि सुरु हुनेछ।

आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टोलीको घोषणा भइसकेको छ।

नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख (चैत १५, १६ र १७ गते) टी–२० र अप्रिल ३, ५ र ७ तारिख (चैत २१, २३ र २५ गते) एक दिवसीय सिरिज खेल्न लागेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?