काठमाडौँ– पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानले बिहे गर्ने भएकी छिन् । उनले आउँदो ५ वैशाखमा प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् ।
केही समयअघि एलिनाले प्रेमी विष्णु सापकोटासँग सम्बन्ध टुटेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए । त्यसको केही दिनपछि उक्त समाचारको एलिना आफैले ती समाचारको खण्डन गरेकी थिइन् ।
एलिनाले बिहे गर्ने भनिएका युवा विष्णु सापकोटा बाग्लुङका हुन् । लामो समयदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएका उनले एलिनालाई अस्ट्रेलियामा भएको एक कार्यक्रममा भेटेका थिए । उक्त भेटपछि यी दुई प्रेम सम्बन्धमा रहेको विवरण पनि सार्वजनिक भएका थिए । उनी गीतकार पनि हुन् ।
कभर गीत हुँदै नेपाली संगीत क्षेत्रमा उदाएकी एलिना ‘सागर बरु सुकेर गइजाला’ ‘इन्स्टाको फोटोको रिप्लाई’ लगायतका गीतमार्फत चर्चित बनेकी थिइन् ।
उनका के माया लाग्छ र?, मिनरल वाटर, धोकेवाज हौ तिमी लगायतका गीत दर्शकले निकै रुचाए । पछिल्ला केही वर्षयता उनी स्टेज कार्यक्रम र म्युजिक भिडियोमा निकै व्यस्त छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया