मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपीएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

काठमाडौँ – आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन् । यो भिडियो निकै भाइरल भइरहेको छ । यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९औं ओभरमा गरिएको हो ।

त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेन लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे ।

मिड विकेटमा उनको छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ । सो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई ट्याग गरेका छन् । तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?