काठमाडौँ– लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका अरुण गोविल २०२४ को लोकसभामा चुनाव लड्ने भएका छन् ।
उनलाई भारतीय जनता पार्टी (भाजपा)ले मेरठबाट आफ्नो पाँचौँ सूचीमा उम्मेदवार बनाएको हो ।
मिडिया रिपोर्टका अनुसार पार्टीले राजेन्द्र अग्रवालको टिकट रद्द गरी गोभिललाई टिकट दिएको हो । \
भाजपाले चर्चित र हिन्दुमत तान्न सक्ने व्यक्तिलाई टिकट दिइरहेको छ ।
जसमा कलाकार र सार्वजनिक छवि बनाएका व्यक्ती उसको रोजाइमा पर्दा कंगना रनौतलाई पनि टिकट दिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया