मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कवि शिरोमणि पौड्यालको गजल ‘हे मातुभूमि’ सार्वजनिक (भिडियो)

काठमाडौंँ– कवि शिरोमणि लेखनाथ पौड्यालको गजल ‘हे मातुभूमि’ गजल गायनका रुपमा सार्वजनिक भएको छ । गजल गायनमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले सङ्गीत तथा स्वर दिएका छन् ।

शनिबार सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा नेपाली शिक्षा परिषद्ले गरेको कार्यक्रममा सङ्गीतकार श्रेष्ठ सहित साहित्यकार डा.कृष्णहरि बराल, प्राध्यापक रमा शर्मा, त्रिभुवन विश्वविद्यालय संगीत विभागका पूर्वप्रमुख संगीता प्रधान, भिडियो निर्देशक हेम प्रभास लगायतकाले गजलको श्रव्य/दृश्य सामग्रीको सार्वजनिक गरेका हुन् ।

‘हे मातुभूमि’ गजल गायनमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, संगीत संयोजन तथा ध्वनि मिश्रण राजु कार्की र राज पोखरेलको छायांकन रहेको छ । गजल विधामा नै विद्यावारिधि गरेका बराल र शर्मा लगायतकाले पौड्यालको गजल रचनागर्भबारे धेरैलाई थाहा नभएको सुनाए ।

अग्रज स्रष्टाहरुको सिर्जनालाई दस्तावेजीकरणकै हेतुले संगीतकार श्रेष्ठले सङ्गीतको माध्यममा ल्याइरहेका छन् । यसअघि उनले महाकवि लक्ष्मी प्रसाद देवकोटाका शताब्दी पुरानो गजल ‘आकाशमा शशी छन’ आफ्नो संगीत तथा स्वरमा ल्याइसकेका छन् ।

सत्यमोहन जोशीको शब्द रहेको ‘माया रानीलाई’, राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको ‘पश्चिम रुन्छ महाकाली’ उनले सङ्गीत सिर्जना गरिसकेका छन् । दुई दशकदेखिको संगीत साधनामा उनका एकल संगीतबद्ध ४४ वटा एल्बमहरु सार्वजनिक भएका छन् भने उनले ८ सय वटा गीतमा संगीत भरेका छन् ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?