मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातो मासुभन्दा सेतो मासु फाइदाजनक

रातो मासुभन्दा सेतो मासु तुलनात्मक रूपमा स्वास्थ्यवद्र्धक मानिन्छ । मासु प्रोटिनको मुख्य स्रोत हो । सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ ।

मासुमा ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात खराब कोलेस्टोरोल स्तर कम गर्न र राम्रो कोलेस्टोरोलको स्तर बढाउन मद्दत गर्छ ।

सेतो मासुका स्रोतहरू कुखुरा, हाँस, टर्की र माछा हुन् । रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्त्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ ।

यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने तपाई रातो मासु तपाईँले नखाँदा हुन्छ । उच्च प्रोटिनलाई पचाउन पनि समय लाग्ने भएकाले दिनदिनै मासु खाँदा पेटमा नपचेको मासु बोसोमा परिणत भएर तौल बढ्दै जानेछ ।

जसकारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता समस्या हुन्छ ।

सेतो मासु पनि आवश्यकताभन्दा हामीले बढी खाएमा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । राँगो, खसी, भेडा, सुँगुर रातो मासुका मुख्य स्रोत हुन् ।

रातो भन्दा सेतो राम्रो भनेर पोषणविद्को मात्र नभई विभिन्न रिसर्चको अनुसार पनि यो पुष्टि भएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पब्लिक हेल्थले गरेको अनुसन्धानमा हरेक दिन मासु खानेहरूमा मुटुरोग तथा क्यान्सर हुने सम्भावना धेरै रहेको पाइएको छ ।

हरेक दिन पकाएको मासु वा दुई टुक्रा बङ्गुरको मासु खाँदा २० प्रतिशतले मुटु तथा क्यान्सर रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ ।

रातो मासु धेरै खानु स्वास्थ्यका लागि हानिकारक तथा यसलाई सन्तुलित आहारका रूपमा लिइँदैन । किनकि रातो मासुमा धेरै कोलेस्टेरोल, बोसो तथा सोडियम हुन्छ । यस्तो मासु सीमित मात्रामा खाँदा राम्रो हुन्छ ।

हरेक हप्ता रातो मासुको सेवनले टाइप टु डाइबेटिभ वा परिपक्व हुन लागेको मधुमेह भएको देखाएको छ । जुन जीवनशैलीका कारण हुने गर्छ जस्तै व्यायाम कमी, सन्तुलित खानपानको कमी, अत्यधिक तौलका कारण हुन्छ ।

रातो मासुको दैनिक सेवनले विश्वभर टाइप टु मधुमेह रोग तीव्र रूपमा बढेको देखिन्छ । जसले मुटुरोग, किट्नी, क्यान्सर र डेमेन्सिया जोखिम निम्त्याउँछ ।

अध्ययनअनुसार धेरै रातो मासु खानेहरूमा कम खानेहरूको तुलनामा टाइप २ मधुमेह हुने जोखिम ६२ प्रतिशत बढी देखिएको थियो ।

त्यस्तै प्रशोधित रातो मासुको दैनिक सेवनमा टाइप टु मधुमेहको जोखिम ४६ प्रतिशत र प्रशोधित रातो मासुको दैनिक सेवामा २४ प्रतिशत बढी जोखिम देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?