मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुल्मेली गायक बाबुराम पन्थीले ल्याए ‘उकालो चढ्दै छ पिरती’ (भिडियो)

काठमाडौँ– लोकगायक बाबुराम पन्थी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको सांगीतिक भिडियो ‘उकालो चढ्दै छ पिरती’ सार्वजनिक गरिएको । सो गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक पन्थीले केही वर्षअघि बजारमा ल्याएको गीत ‘पिपल छायाँमा’ निकै लोकप्रिय छ । प्रलाद सुवेदीको शब्दमा बसन्त थापाले संगीत दिएर तयार पारिएको गीतको भिडियोमा मौसम हिमालीको निर्देशन देख्न सकिन्छ । गीतमा प्रेममा पर्दै गरेका एक युगल जोडीको कथालाई प्रस्तुत गरिएको छ ।

यस्तै गीतमा अर्जुन बोहरा र अञ्जु निरौलाले अभिनय गरेका छन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?