काठमाडौँ – बलिउडमा यस्ता धेरै फिल्म छन् जो विभिन्न विवादमा फसेर सिनेमा घरमा प्रदर्शन हुन पाएनन् ।
तर यी फिल्म अहिले ओटीटी प्लाटफर्ममा भने हेर्न सकिन्छ । आज हामी यस्तै केही फिल्महरूका बारेमा जानकारी दिँदै छौ ।
बैन्डिड क्वीन
यो फिल्म सन् १९९४ को हो । शेखर कपुरको निर्देशनमा बनेको यो फिल्म सिनेमाघरमा प्रतिबन्ध भयो । डकैत तथा सांसद फूलन देवीको वायोपिक यो फिल्म अमेजन प्राइममा हेर्न सकिन्छ
लिपिस्टिक अन्डर माई बुर्का
यस्ता फिल्मको सूचिमा लिपिस्टिक अन्डर माई बुर्का पनि सामेल छ । यसका केही दृश्य र सम्बाद विवादमा परेपछि सिनेमाघरमा प्रतिबन्धित बनेको थियो । यो फिल्म पनि ओटीटी अमेजन प्राइममा हेर्न सकिन्छ ।
ब्लाक फ्राईडे
यो सन् २००४ मा आएको फिल्म हो । सन् १९९३ मा भएको मुम्बई बम ब्लाष्टमा आधारित यो फिल्म पनि सिनेमाघरमा रिलिज हुन पाएन । अहिले यसलाई अमेजन प्राइममा हेर्न सकिन्छ ।
फायर
शबाना आजमीको फिल्म फायर सन् १९९६ मा आएको थियो । दीपा मेहता द्वारा लिखित र निर्देशित यो इन्डो–क्यानेडियन कामुक रोमान्टिक ड्रामा समलैङिगतामा आधारित यो फिल्म अमेजन प्राइम मै हेर्न सकिन्छ ।
लव
यो पनि सिनेमाघरमा प्रदर्शन हुन पाएन । प्रतिबन्धित यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया