मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ – प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, “आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।”

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ यसमा चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?