क्षयरोग अर्थात् टिबी रोग यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण के कस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ ।
सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ ।
अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ ।
यसका लक्षणहरुः
–दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु
–खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु
–क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ ।
–रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो ।
–क्षयरोग लागेमा बिरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।
–क्षयरोगको सङ्क्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिन समेत समस्या हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया