मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरको कुन अङ्गमा कुकुरले टोक्दा रेबिजको जोखिम बढी हुन्छ ?

रेबिज घरपालुवा जनावर विशेष गरी कुकुरको टोकाइबाट बढी सर्छ । रेबिज एउटा यस्तो रोग हो, जुन लागेपछि बिरामीको मृत्यु नै हुन्छ ।

रेबिजको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन । त्यसैले कुकुरको टोकाइलाई सामान्य रूपमा लिनु हुँदैन । टोकाइको अवस्था, शरीरको भाग अनुसार रेबिज लाग्ने सम्भावना र जोखिम फरक हुने गर्छ ।

अहिले धेरै मानिसले घरमा कुकुर पाल्ने चलन बढेको छ । जसले गर्दा कुकुर तथा घर पालुवा जनावरले टोक्ने सम्भावना पनि बढ्छ । कुकुरले टोक्ने बित्तिकै के गर्ने भन्ने विषयमा हामीले ध्यान पुर्‍याउनुपर्छ । 

कुकुरले टोक्ने बित्तिकै के गर्ने ?

–कुकुरले टोक्ने बित्तिकै सबैभन्दा पहिले टोकेको घाउमा साबुन–पानीले सफा गर्नुपर्छ ।

–साबुन–पानीले सफा गरेपछि सकेसम्म छिटो अस्पताल जानुपर्छ ।

–कुकुरको टोकाई शरीरको कुन भागमा छ, त्यसले पनि जोखिम निर्धारण गर्दछ । औँलाको टुप्पा, घाँटीभन्दा माथि, गहिरो खालको टोकाइ बढी जोखिमपूर्ण मानिन्छ । जोखिमपूर्ण मानिएका यी भागमा कुकुरले टोक्दा छुट्टै रेबिज इम्युनोग्लोबिन खोपको आवश्यकता पनि पर्छ ।

रेबिजका लक्षणहरुः

–हावा र पानीबाट डराउने

–टोकेको ठाउँमा झमझमाउने 

–केहीमा ढाडको तल्लो भाग असाध्यै दुखेको महसुस हुने

–रेबिज लागेको बिरामी पहिले असाध्यै एग्रेसिभ र केहि शान्त हुने स्वभाव देखा पर्दछ ।

–रेबिज लागेपछि शरीरका अङ्गहरूले काम गर्न छोड्छ ।

–रेबिजले सबैभन्दा पहिले मस्तिष्कको काम गर्ने क्षमतामै समस्या ल्याउँछ । हावा–पानी देखेर डराउन थालेको ५-७ दिनमा व्यक्तिको मृत्यु नै हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?