मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएलमा डिजिटल भ्यूअरसिपको नयाँ कीर्तिमान !

काठमाडौँ – शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।

शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ कीर्तिमान बनाएको छ ।

यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए ।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन् । यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६.७ करोड मानिसले हेरेका थिए । यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३.३ करोड मानिसले हेरेका थिए ।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २.९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो । जियो सिनेमा एप २०२३ सिजन देखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो।

रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २.९ बिलियन डलर ( २३ हजार ९१७ करोड भारु) मा आइपिएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो ।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरूलाई भारत भित्र नि: शुल्क आइपिएल खेल देखाइरहेको छ ।  

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने कीर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शीर्ष तीन स्थानमा रहेका छन् ।

त्यस्तै चौथो स्थानमा २०२३ को एक दिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५.२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए । त्यस्तै सोही विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४.४ करोडले हेरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?