काठमाडौँ – रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।
कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो ।
सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्बाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर हर्षित रानाले सर्बाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
कोलकोताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिङको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।
त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्बाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।
यो जितसंगै कोलकोताले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको शुरुवात गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया