मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जथाभाबी एन्टिबायोटिक्स औषधिको प्रयोग हुनसक्छ हानिकारक 

आम मानिसमा रुघाखोकी तथा ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने बित्तिकै एन्टिबायोटिक्स औषधि लिने बानी हुन्छ । कित्सकहरुले पनि बिरामीहरुको उपचारका क्रममा एन्टिबायोटिक्स औषधि नै बढी चलाउन खोज्छन् ।

साधारणतः एन्टिबायोटिक्स औषधि चलाइ हाल्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । एन्टिबायोटिक्सको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्न सक्छ । आवश्यकताभन्दा बढी एन्टिबायोटिक्स औषधि सेवनले प्रतिरोधी कोशिकाहरुलाई जोगाइ राख्ने तथा संक्रमणबाट बचाउने शरीरको राम्रा विषाणु मर्न सक्छन् ।

वैज्ञानिकहरुले यस्ता औषधि सेवनले शरीरलाई फाइदा गर्ने भन्दा पनि क्षति गर्न सक्ने बताएका छन् ।

एक अध्ययनमा शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई एन्टिबायोटिक्सले रोकेको पाइएको थियो । रोग संक्रमणसँग लड्ने क्षमतालाई कमजोर बनाउने वैज्ञानिकहरुको भनाइ छ ।

अमेरिकाको केस वेस्र्टन रिजर्भ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले शरीरमा रहेने विषाणु, त्यसका फ्याटी एसिड र सेतो रक्त कोशिका (डब्लुबिसी) का केही प्रकारको विश्लेषण गरेका थिए । जसले मुखको संक्रमणसंग लड्ने क्षमता राख्छ ।

ज्यान लिन सक्ने संक्रमणको उपचारका लागि भने एन्टिबायोटिक्सको आवश्यकता पर्छ । तर यसको बढी प्रयोगले भने प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गर्ने भएकाले सचेत हुन आवश्यक रहेको अनुसन्धानकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?