मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

ग्ल्यामर लूकमा मोनिका

कुबेर डंगोल
286
Shares

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेर यसमै आफ्नो भविष्य देख्ने धेरै युवायुवतीहरू भेटिन्छन् । नाम र दाम दुवै सहज किसिमले प्राप्त हुने देखिने यो क्षेत्रमा लगाव नभई लाग्दा यहाँ करियर बनाउने निकै कम छन् ।

यहाँ गर्नुपर्ने संघर्षले गर्दा नै भविष्य नदेख्नेको पनि कमी छैन । यद्यपि मोडलिङ छाड्ने भन्दा भित्रिनेको संख्या नै बढ्दो छ । यस्तै भिडमा मोडलिङमै आफ्नो भविष्य देख्नेमा पर्छिन्, मोनिका बुढाथोकी ।

काठमाडौँको कपनकी स्थायी बासिन्दा मोनिकाले एक संस्था मार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् । बुवा पेशाले प्रधानाध्यापक भएकाले बाल्यकालमामा पढाइ बाहेक अन्य क्षेत्रमा लाग्ने छुट नभएता पनि उनी मोडलिङमा लागिन् ।

मोडलिङसँगै पढाइलाई समेत अगाडि बढाइरहेकी मोनिका ’मिस नेशनल २०१७’ मा भाग लिएसँगै मोडलिङमा सक्रिय छिन् ।

विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत गर्दै आइरहेकी मोनिकाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।