मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुलिसलाई हराउँदै एभरेष्ट बन्यो महिला भलिबल च्याम्पियन

काठमाडौँ– एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो ।

नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तिनै सेट एभेरेस्टले जितेर उपाधि कब्जा गरेको थियो । एभरेष्ट क्लबमा ष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित रहेका थिए ।

यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।

यस अघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो । एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?