मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभास स्टारर ‘कल्की २८९८ एडी’ कहिले हुँदैछ रिलिज?, ओटीटीका लागि कुरा मिलेन

काठमाडौँ– दक्षिणभारतीय सुपरस्टार प्रभासको मुख्य अभिनयमा रहेको फिल्म ‘कल्की २८९८ एडी’ मे महिनामा रिलिज हुँदैछ ।

यो फिल्म निर्माण हुने कुरा वाहिर आएदेखि नै चर्चामा छ । योसँगै फिल्मको ओटीटी अधिकारसँग सम्बन्धित केही कुरा बाहिर आएको छ ।

प्रभाससँगै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन जस्ता स्टारहरु देखिने यस फिल्मको ओटीटी अधिकारको सम्झौतामा समस्या देखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार नेटफ्लिक्स र अमेजन प्राइम भिडियोजस्ता धेरै ठूला प्लेटफर्महरूले फिल्मको ओटीटी अधिकारका लागि निर्माताहरूसँग सम्पर्क गरेका थिए । उनीहरूले १ सय ५० देखि १ सय ७० करोड भारतीय रुपैँयासम्ममा सम्झौता गर्ने प्रस्ताव गरेका थिए तर निर्माताहरु त्यतिमा बेच्न तयार देखिएनन् ।

भारतीय मिडियाका अनुसार  ओटीटी अधिकारको बदलामा निर्माताहरूले कम्तिमा २०० करोड रुपैयाँ मागेका छन् । यद्यपि यस सम्बन्धमा आधिकारिक जानकारी भने आएको छैन ।

करीब ६ सय करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो फिल्मका लागि बाहुबली स्टार प्रभासले करिब एक सय करोड पारिश्रमिक लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?