मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संसारमा हुँदैछन् अनौठा आविष्कार, के मान्छेको आयु बढ्ला?

काठमाडौँ– विज्ञान तथा प्रविधिको चरम विकासका कारण मानिसहरुले कैयौँ अनौठा तथ्यहरु पत्ता लगाइरहेका छन् । वैज्ञानिकहरुको खोज तथा अनुसन्धानले यो युगलाई नै नयाँ बाटोतर्फ मोडिरहेको छ ।

मान्छेले विश्व नै ध्वस्त हुने अणु बम पनि बनाएका छन् भने जीवन बचाउन सक्ने थुप्रै तथ्यहरु पत्ता लगाइरहेका छन् । आज भने हामी तपाईँलाई त्यस्ता आविष्कारका बारेमा जानकारी दिँदैछौँ, जसले सफलता पाए मानिस अमर बन्न सक्छ ।

अङ्ग उत्पादन गर्ने ल्याब

विज्ञान—प्रविधिको क्षेत्र फराकिलो भएसँगै वैज्ञानिकहरु एक अनौठो कार्यमा जुटेका छन् । उनीहरु मानव शरीरको कुनै पनि अङ्ग काम नगरेमा वा बिग्रिएमा नयाँ अङ्ग उत्पादन गरेर त्यसको प्रतिस्थापन गराउन सकिने खोजमा जुटेका छन् ।

यदि वैैज्ञानिकहरुको अङ्ग उत्पादन गर्ने प्रयास सफल भएमा मानिसले शरीरमा कुनै पनि अङ्गको खराबीका कारण ज्यान गुमाउने सम्भावना कम हुने दाबी वैज्ञानिकहरुको छ ।

इनफ्युजिङ योङ ब्लड टू ओल्ड

विश्वका वैैज्ञानिकहरु यस्तो अनौठो परीक्षणमा जुटेका छन कि, कुनै एउटा बूढो मानिसलाई युवा मानिसको रगत दिएर जवान बनाउन सम्भव हुनेछ । यदि यो खोजले सफलता पाए बूढो मानिस पनि रगत लिएर फेरि जवान हुन सक्नेछ ।

लामो समय बाँच्ने औषधी

पछिल्लो समय जलवायु परिवर्तन तथा अन्य विभिन्न समस्याका कारण मानवजातिको आयु घटिरहेको बताइन्छ । हरेक मानिसको लामो उमेर बाँच्ने आकांक्षालाई मध्यनजर गर्दै वैज्ञानिकहरु मानिसको उमेर बढाउन सक्ने खालको औषधीको खोजमा जुटेका छन् ।

यदि यो खोज सफल भए मानिसको औसत आयु एक सयदेखि एक सय २० वर्षसम्मको हुने वैज्ञानिकहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?