मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतको विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै बढी

काठमाडौँ– भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ ।

रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा ६.४ अर्ब डलरको वृद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ ।

भारतको अर्थतन्त्र अहिले विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छ । यसले भारतलाई २०२३ मा २०.७ बिलियन डलरको विदेशी लगानी हासिल गर्न मद्दत गरेको छ ।

यो वर्ष अहिलेसम्म १ अर्ब ८५ करोड अमेरिकी डलरको वैदेशिक लगानी आएको छ । भारतलाई ग्लोबल बन्ड इन्डेक्समा समावेश गरेपछि सेप्टेम्बर २०२३ को अन्त्यसम्ममा यहाँ १० अर्ब डलरको विदेशी लगानी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?