मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दूध पिउने सही तरिका नजान्दा हुनसक्छ हानी

स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्त्वपूर्ण हुन्छ । दूधमा पाईन पौष्टिक तत्त्व हाम्रो शरीरका लागी अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

दूध जुनसुकै समयमा पनि सेवन गर्न सकिन्छ । विशेष गरी दूधको सेवन बिहान वा बेलुकीको समयमा उत्तम मानिन्छ । यसले शरीरमा शक्ति प्रदान गर्दछ । साथै मस्तिष्क विकासमा समेत फाइदाजनक हुन्छ ।

नियमित दूध पिउँदा यसमा पाइने क्याल्सियमले हाम्रो हाडलाई मजबुत बनाउँछ । तर कहिलेकाहीँ दूध पिउने सही तरिका नजान्दा यसले नकारात्मक असर समेत पार्न सक्छ । त्यसैले दूध पिउनुअघि निम्न कुरामा ध्यान दिन जरुरी छ ।

– दूधको सेवन गर्दा सकेसम्म खानासँग खानु हुँदैन ।
– खानामा कालो दाल छ भने भुलेर पनि दूधको सेवन गर्नु हुँदैन ।
– जानअन्जानमा कहिलेकाहीँ दही र दूध एकसाथ खाइन्छ । तर यसो गर्नु हानिकारक हुन्छ ।
– माछामासुसंग कहिल्यै दूधको सेवन गर्नु हुँदैन ।
– मूला, जामुनसंग पनि दूधको सेवन गर्नु हुँदैन । यसले स्वास्थ्य बिगार्ने गर्दछ ।
– दूधसँग कहिल्यै नुनको सेवन गर्नु हुँदैन ।
– करेला तरकारी छ भने एकसाथ दूधको सेवन गर्नु हुँदैन ।
– दूध सेवन गर्दा कागती वा टमाटरको अचार खानु हुँदैन ।
– सुत्नुअघि दूध पिउने बानी भएमा निदाउनु ३ घण्टा अगावै पिउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?