मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाँसको तामा खाँदा हुने फाइदा

तामाको तरकारी जिब्रोको स्वादको लागि मीठो हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीत पनि बनेका छन् । यही तामा मानिसको स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदा :-

– बाँसको तामामा कम कार्बोहाइड्रेट हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।

– बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।

– पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।

– पिसाबमा सङ्क्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।

– गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।

– ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।

– नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।

– तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।

– तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।

– आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठिक गर्न उपयोगी छ।

– रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।

– फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।

– श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?