मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् भुटेको मकैले स्वास्थ्यलाई हुने सात फाइदा

काठमाडौं– भुटेको मकै नखाने नेपाली सायदै  कम नै होलान् । भुटेको मकै  हामी सबैलाई मन पर्छ । गाउँघरमा खाजाको काम गर्ने भुटेको मकैले सहरहरूमा साथीहरूसँग गफिँदै खाँदा पनि रमाइलो हुन्छ । भुटेको मकै खाँदा रमाइलो मात्रै होइन,स्वास्थ्यका लागि निकै फाइदा हुन्छ ।

भुटेको मकैको ७ फाइदा यस्ता छन्
१. भुटेको मकैमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समस्या हुँदैन् ।

२. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरका हड्डीलाई बलियो बनाउँछ ।

३. भुटेको मकैमा आइरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ । जसले शरीरमा रगत अभावको समस्याबाट हुन दिँदैन र कमजोरी हुनुबाट बचाउँछ ।

४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीव्र बनाई रक्तचाप नियन्त्रण गर्छ ।

५. भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ जसले मुटु रोगको खतराबाट बचाउँछ ।

६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस् । यस पानीलाई छानेर मिस्री मिसाएर खाँदा पिसाब पोलेको वा किड्नीको समस्या समाधान हुन्छ ।

७. भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेट मात्र पर्याप्त हुन्छ । जसले शरीरलाई पर्याप्त ऊर्जा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?