मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्लक नगरी यसरी गर्न सकिन्छ, म्यासेन्जरमा भिडियो तथा अडियो कल बन्द 

काठमाडौँ– पछिल्लो समय सञ्चारको लागि म्यासेन्जर एकदमै लोकप्रिय छ । तर, कुनै कुनै वेला म्यासेन्जरमा अनावश्यक कलहरू आउन सक्छन् ।

जसका कारण तपाइको समय पनि खेर जान सक्छ । यसकारण सामान्यतया धेरै मानिसले कसैको भिडियो तथा अडियो कल बन्द गर्नका लागि ब्लक नै गर्ने गर्छन् ।

जुन राम्रो सम्बन्धका लागि ठिक मानिदैन् । तर, तपाइलाई थाहा छ, म्यासेन्जरमा कल नलाग्ने बनाउन मिल्छ । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । 

आज हामी तपाइलाई म्यासेन्जरमा कुनै व्यक्तिको भिडियो तथा अडियो कल आउनबाट रोक्ने उपायका बारेमा जानकारी दिँदै छौँ । 

यसरी गर्न सकिन्छ, म्यासेन्जरमा भिडियो तथा अडियो कल बन्द :

– तपाइको मोबाइलमा म्यासेन्जर एप खोल्नुहोस् । 

– कल बन्द गर्नुपर्ने साथीको आइडीमा क्लिक गरी च्याट बक्समा जाने ।

– च्याट बक्सको माथि रहेको ‘इन्फोमिसन आईकन’ अर्थात् आई लेखिएको अप्सनमा क्लिक गर्ने ।

– उक्त आइकनभित्र रहेको ‘नोटिफिकेशन एण्ड साउन्ड’ अप्सनमा क्लिक गर्ने ।

– उक्त अप्सनमा जाँदा मेसेन्जर, रिएक्सन्स कल्समा गइ ‘कल्स’ अप्सनलाई अफ गर्ने ।

– यस्तै त्यहीँ रहेको मेसेज, रिएक्सन्सलाई अफ गर्नुभयो भने मेसेज आएको नोटिफिकेशन पनि आउने छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?