मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौँ– वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएवापत प्रा पुष्कर लोहनीलाई रु एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।

साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित सो  फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाईँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?