मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमिर खानले छोडेको यो फिल्म, जसले ९ सय करोड कमायो

काठमाडौँ – बलिउड स्टार अमिर खान लामो समयदेखि फिल्मबाट टाढा छन् । यद्यपि पुनरागमनको तयारीमा रहेका उनी त्यसका लागि मेहनत समेत गरिरहेका छन् ।

निर्माताका रूपमा उनी नयाँ फिल्मको तयारी रहँदा अन्य धेरे प्रोजेक्टका बारेमा पनि छलफल र भेटघाटमा छन् ।

तपाईँलाई यो थाहा नहुन सक्छ ९ वर्ष अघि रिलिज भएको फिल्म ‘बजरंगी भाईजन’का लागि उनलाई प्रस्ताव आएको थियो । यसका लागि निर्माताको नजरमा सलमान खान थिएनन् ।

तर पहिलो रोजाई बनेका अमिर सो फिल्मको स्क्रिप्टमा केही परिवर्तन चाहन्थे । जसका लागि निर्माता भने राजी भएनन् ।

फलतः यसका लागि सलमान छानिदा बक्सअफिसमा सफल रहेका यो फिल्मले ९ सय करोड भन्दा बढी कमाई गरेको थियो । बलिउडमा धेरै कमाउने फिल्मको सूचिमा ‘बजरंगी भाईजन’ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?