काठमाडौँ – देश भरसँगै काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले देशमा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको हो ।
मौसमविद् झाका अनुसार आज दिउँसो २–३ बजेसम्म यही क्रम जारी रहने देखिएको छ।
‘त्यसपछि बिस्तारै मौसम सुध्रिँदै जाने सम्भावना देखिएको छ । यसको अर्थ आज बीचबीचमा मौसम खुल्न खोजे पनि आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना निकै कम छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया