मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकाधिकार कायम गरेको आरोपमा एप्पल विरुद्ध मुद्दा

काठमाडौँ – स्मार्टफोन बजारमा एकाधिकार कायम गरेको भन्दै एप्पल विरुद्ध अमेरिकी अदालतमा मुद्दा परेको छ ।

आफूलाई सम्पन्न बनाउन प्रतिस्पर्धीहरूलाई दबाएको आरोप आईफोन निर्माता कम्पनी एप्पलमाथि लागेको छ । यो आरोप लगाउने र मुद्दा दायर गर्नेमा अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताहरू छन् ।

एप्पलले आफ्ना उत्पादन उत्कृष्ट बनाएर नभई अरूका उत्पादन खराब बनाएर आफ्नो एकाधिकार शक्तिलाई मजबुत बनाएको मुद्दा दायर गर्नेहरुको दाबी छ । 

न्यु जर्सीको जिल्ला अदालतमा दायर गरिएको ८८ पृष्ठ लामो मुद्दामा एप्पलले आईफोनमा कडा नियन्त्रण कायम गरेर अन्य कम्पनीलाई आफूसँग प्रतिस्पर्धा गर्नसक्ने महत्त्वपूर्ण एप्लिकेसन र सेवाहरू तयार पार्न रोक लगाएको र त्यसबाट एन्टिट्रस्ट कानून उलङ्घन हुन पुगेको उल्लेख छ ।

परिणाम स्वरूप प्रतिस्पर्धी स्मार्टवाच, डिजिटल वालेट तथा क्रस प्लेटफर्म मेसेजिङ सेवामा सपोर्ट गर्ने जस्ता उपभोक्तालाई लाभ पुग्न सक्ने सुविधा तथा कार्यक्षमता प्रदान गर्ने एपमा प्रतिस्पर्धा कम गरिदिएको तर्क गरिएको छ ।

यता एप्पलले भने यो मुद्दा तथ्य र कानुनको हिसाबले गलत छ भन्ने आफ्नो ठहर भएको प्रतिक्रिया दिएको छ । यस विरुद्ध कडा रूपमा बचाउमा उत्रिने बताएका उसका प्रतिनिधिले यो मुद्दा सफल भए गलत नजिर बस्ने दाबी गरेका छन् ।

अमेरिकी सरकारको यो मुद्दाले एप्पलको करिब तीन ट्रिलियन अमेरिकी डलरको साम्राज्यको केन्द्रमाथि नै हमला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?