मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाकाहारी खाना सम्बन्धी केही गलत धारणाहरू

शाकाहारी आहारलाई पछ्याउने शाकाहारी बन्ने सङ्ख्या बढ्दो क्रममा छ । शाकाहारी भोजन गर्ने मानिस निकै स्वस्थ हुन्छ भन्ने धारणा हामीमा छ । यसकारण आज हामी शाकाहारी भोजन सम्बन्धी केही गलत धारणाहरूको विषयमा जानकारी गराउँछौ ।

शाकाहार आहारले तौल घटाउने ग्यारेन्टी गर्छ

यो गलत बुझाई हो । सबै शाकाहारी आहारहरू समान रूपमा स्वस्थ हुँदैनन् । पशुजन्य उत्पादनहरू त्यागेर हैन कि स्वस्थ आहार र नियमित व्यायामले तौल घटाउनलाई मद्दत पुर्याउँछ । यद्यपि शाकाहारी  आहारहरूले छोटो समयको लागि भने वजन घटाउन मद्दत गर्ने अनुसन्धानहरूले देखाएका छन् ।् ।

शाकाहार आहारमा प्रोटिन हुँदैन 

सबै गलत धारणाहरू मध्ये यो सबैभन्दा सामान्य हो । हो, पशुपन्छी भन्दा शाकाहारी आहारमा तुलनात्मक रूपमा कम प्रोटिन हुन्छ तर हुँदै नहुने चाहिँ हैन । दुग्धजन्य पदार्थ र अण्डा खानेहरूमा प्रोटिन उच्च हुन्छ भने शाकाहार आहार टोफु, दाल, चना, धेरै प्रकारका गेडागुडी, ओट्स र नटहरू, पालक, कुरिलो, ब्रोकाउली, आर्टिचोक, आलु, मटर, स्प्राउट्स र मीठो आलु लगायतका केही तरकारीहरूमा पनि प्रोटिन हुन्छ ।

तपाईँले शाकाहारी आहारबाट बी १२  प्राप्त गर्न सक्नुहुन्न

शाकाहारीहरूले अण्डा र पनिर लगायत दूधका उत्पादनहरूबाट बी १२  प्राप्त गर्न सक्छन् । 

सोया र भटमासले स्तन क्यान्सरको जोखिम बढाउँछ

अहिलेसम्म कुनै ठोस प्रमाण छैन कि (सोया) आधारित खानाहरू खाँदा महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढ्छ । अमेरिकन क्यान्सर सोसाइटीले व्याख्या गरे जस्तै प्रमाणहरूले मानिसहरूमा सोया खानबाट कुनै पनि खतराहरूलाई सङ्केत गर्दैन । 

शाकाहारी खानाले चाडै भोक लाग्छ

मांसाहारी खानाको तुलनामा शाकाहारी खानाले लामो समयसम्म सन्तुष्ट राख्दैनन् र चाँडै भोक लाग्छ भन्ने एक सामान्य भ्रमहरू मध्ये एक हो । अध्ययनका अनुसार, मासु र सोयामा आधारित उत्पादनहरूमा लामो समयसम्म तृप्त र भरिएको महसुस गर्ने सन्दर्भमा कुनै भिन्नता छैन । यसबाहेक, शरीरलाई नयाँ परिस्थितिहरूमा बानी पर्न समय चाहिन्छ । त्यसैले, कम्तीमा एक महिना आवश्यक छ ।

शाकाहारी उत्पादनहरू खाना एलर्जी भएकाहरूका लागि सुरक्षित छन् 

धेरै शाकाहारी उत्पादनहरू एलर्जी मुक्त छन् तर सबै होइनन्। उदाहरणका लागि, तयार बनाइएको शाकाहारी भोजनमा लेबल जाँच गर्नुहोस् र तपाईँले सामग्रीहरूको सूचीमा बोल्ड फन्टमा ग्लुटेन, तिल वा सल्फाइटहरू समावेश गरेको देख्नुहुनेछ  कसलाई के को एलर्जीहरू छ  भन्ने कुरा मान्छे अनुसार फरक पर्छ । त्यसैले चाहे मांसाहारी होस् या शाकाहारी एलर्जी हुने खाना व्यक्तिअनुसार फरक हुन्छ ।

मह शाकाहारी हो

मह शाकाहारी होइन, किनकि यो मह माहुरीहरूले तिनीहरूको खपतको लागि उत्पादन र भण्डार गर्दछन्। अष्ट्रेलियन हनी बी इन्डस्ट्रियल काउन्सिलका अनुसार ४५० ग्राम मह सङ्कलन गर्न ३०० माहुरीलाई तीन हप्ता लाग्छ । मह सङ्कलन शोषणकारी र हानिकारक प्रक्रिया हो। विवरण जेसुकै भए पनि महलाई शाकाहारी मान्न अथवा भिगन भन्न मिल्दैन। किनभने यो मौरीको श्रम र तिनीहरूको खानाको उत्पादन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?