मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी जोगाउनुहोस् होली खेल्दा मोबाइल

काठमाडौँ– रङ्गहरूको पर्व भनिए पनि होलीमा पानीको प्रयोग बढी नै हुन्छ । अझ होली खेल्ने बानी नभए पनि साथीहरूले आएर भिजाइदिने, रङ्ग दल्ने तपाइको मोबाइल, घडी सामग्रीहरू जोगाउन गाह्रो हुन्छ ।

त्यसकारण आज हामी तपाईँलाई होलीजस्तो पर्वहरूमा आफ्नो मोबाइलजस्ता सामग्रीहरू कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा जानकारी दिँदै छौँ । 

यसरी जोगाउन सकिन्छ तपाइको मोबाइल पानीमा भिज्नबाट

– जिप–लक पाउचको प्रयोग गर्ने ।

– मोबाइल नै बोक्न बनाइएका वाटरप्रूफ ब्यागको प्रयोग गर्ने ।

– वाटरप्रूफ स्प्रे फोनमा छर्किए पनि ६ देखि १२ महिनासम्म फोन पानीबाट भिज्दा बिग्रन सक्ने सम्भावना कम हुन्छ । 

यति गर्दागर्दै पनि तपाइको मोबाइल भिज्यो भने यसो गर्न सकिन्छ । 

– फोन भिजिसकेर पनि अन नै छ भने अफ गर्ने ।

– मोबाइल जोगाउन प्रयोग गरिएको खोलका साथै मेमोरी तथा सिम कार्ड र ब्याट्री पनि झिक्ने ।

– भिजेको मोबाइलमा पानी फैलन नदिई सुख्खा कपडाले पुछ्ने ।

– भिजेको मोबाइल राम्रोसँग सुकेपछि मात्रै अन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?