मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी मेटाउनुस् फेसबूकको सर्च हिस्ट्री

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक अहिले हरेक व्यक्तिको दैनिकीजस्तै बनिसकेको छ । इन्टरनेटको बिस्तारसँगै सामाजिक सञ्जालमा जोडिने प्रयोगकर्ता पनि थपिँदै गएका छन् । त्यसमा पनि सामाजिक सञ्जाल फेसबूक धेरैले प्रयोग गरिरहेका हुन्छन् ।

फेसबुकमा तपाईँले सर्च (खोजी) गरेको कुराहरुको डाटा स्टोर भएको हुन्छ । यदि तपाईँ आफ्नो फेसबुकमा सर्च गरेको विवरण अर्थात् सर्च हिस्ट्री अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ ।

तर कतिपय प्रयोगकर्तालाई फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट कसरी गर्ने भन्नेबारे थाहा नहुन पनि सक्छ । त्यसकारण आज हामी तपाईँलाई फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट गर्ने भन्नेबारे जानकारी दिदैछौँ ।

यसरी डिलिट गर्नुहोस् तपाईँको फेसबूकको सर्च हिष्ट्री

– सबैभन्दा पहिले फेसबुक एप खोल्ने ।

–  त्यसपछि सर्च आइकनमा क्लिक गरी ‘इडिट’ को अप्सन छान्ने ।

– त्यसपछि ‘क्लियर सर्चको विकल्पमा थिच्ने ।

यति गरेसँगै तपाईंको फेसबूकबाट सर्च हिस्ट्री पूर्ण रुपमा डिलिट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?