मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिनमा कति कपसम्म चिया खानु सामान्य हो?

काठमाडौँ– हाम्रो दिनको सुरुवात नै चिया पिएर हुन्छ । नेपालमा त अझ चिया भनेपछि जो कोही पनि हुरुक्क हुने अवस्था छ । बिहान एक कप चिया प्राय सबैले नै पिउने गर्दछन् ।

कतिपय भने चियाका यस्ता पारखी हुन्छन् कि, उनीहरूले जतिबेला पनि चिया पिउन सक्छन् । अर्थात् दिनमा छ पाँच–सात पटक नै चिया पिउने गर्छन् । चिया धेरै पिउनु स्वास्थ्यका लागि हानिकारक भएको चिकित्सकहरू बताउँछन् ।

हामी स्वस्थ रहन चिया खाए पनि धेरै खान भने हुँदैन । तर, धेरैलाई दिनमा कति कप चिया पिउने भन्नेबारेमा जानकारी नहुन सक्छ । खासमा चियाले हाम्रो शरीरलाई असर गर्ने नभई चिनीले हो ।

पोषणविद् डा. अरुणा उप्रेती वयस्क व्यक्तिले दिनमा चार चम्चा र बालकालिकाले दुई चम्चा चिनी खाँदा शरीरलाई खासै असर नपर्ने बताउँछिन् । उनका अनुसार धेरै चिया पिउनु भनेको शरीरमा गुलियोपन बढी हुनु हो । जुन स्वास्थ्यका लागि हानीकारक छ ।

डा. उप्रेतीको सल्लाहमा गुलियोपनले शरीरमा मोटोपन बढ्दै जाने हुँदा चिया पिए पनि बढीमा दैनिक पाँच कपसम्म चिया पिउनु राम्रो हो । त्यसभन्दा बढी चिया पिउँदा भने त्यसले शरीरमा असर गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?