मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव हुँदै

चितवन – नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ ‘नेफिन’ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन हुनुपूर्व आज बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

महोत्सवमा विभिन्न जातजातिका घर निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो । नदी किनारको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन् । चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय सङ्गठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको संयोजक दुराले बताए ।

आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बन्ने आयोजकको उनको भनाइ छ । उनले भने, “एकै ठाउँमा सबै जातिको घरसहित संयुक्त गाउँ नै बनेको छ, जनजातिको घर र आदिवासी जनजातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री तथा औजार प्रमुख आकर्षण बन्नेछ ।”

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामानसमेत राखिएको छ । यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको सांस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ ।

नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए। यस महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?