मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलको स्मार्ट बोतल, जसले पानी पिउनका लागि सूचना दिन्छ 

काठमाडौँ– अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल आफ्ना उत्कृष्ट उत्पादनहरुका लागि लोकप्रिय छ ।

यस्तै एप्पलले केही समयअघि स्मार्ट बोतल सार्वजनिक गरेको थियो । हाइड्रेट स्पर्क नाम दिइएको यो बोतलले मानिसको पानी पिउने बानीलाई अनुगमन गर्ने बताइएको छ । यो स्मार्ट बोतल हाललाई अमेरिकामा मात्र उपलब्ध छ ।

एप्पलको यो बोतलमा ब्लुटुथ कनेक्टिभिटी छ । बोतलमा एउटा एलइडी सेन्सर पनि राखिएको छ जसमा ब्लुटुथ कनेक्टिभिटी रहेको छ ।

यस्तै यो बोतलले प्रयोगकर्तालाई पानी पिउन सुझाव दिँदै फोनमा अलर्ट पठाउने पनि बताइएको छ । अमेरिकाका एप्पल स्टोरहरूमा पाइने यो बोतल ५९.९५ डलरमा खरिद गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?