मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ल्यापटपको ब्याट्री बचाउन नगर्नुस् यस्ता गल्ती

काठमाडौँ– पछिल्लो समय घर या अफिसमा धेरैजसो मानिसहरूले कम्प्युटरभन्दा ल्यापटपको नै बढी प्रयोग गर्ने गर्छन्  ।

ल्यापटपको लोकप्रियतासँगै यसको ब्याट्री छिटै रित्तिने र लामो समयसम्म चार्ज नटिक्ने समस्या हुने गरेको गुनासो पनि धेरै मानिसको हुने गर्दछ । 

कतिपय अवस्थामा तपाईँको आफ्नै केही स–साना गल्तीका कारण पनि यस्तो हुनसक्छ । त्यसकारण आज हामी तपाइलाई ल्यापटपको ब्याट्रीको आयु बढाउनका लागि अपनाउनुपर्ने केही उपायका बारेमा जानकारी दिँदै छौ ।

ल्यापटपमा गेम नखेल्ने : तपाई आफ्नो ल्यापटपमा आवश्यकताभन्दा धेरै गेमिङ गरिरहनुभएको छ भने यसले प्रोसेसरमा अत्यधिक दबाब पर्दछ । यसको सीधा असर ब्याट्रीमा समेत पर्न गई यसको आयु कम हुन्छ ।

ल्यापटपलाई धेरै तात्न नदिनेस् यदि तपाईँले आफ्नो ल्यापटपलाई अधिक तापक्रम भएको ठाउँमा राखेर पटक पटक प्रयोग गर्नुहुन्छ भने त्यसले पनि ल्यापटपको तापक्रम बढाउँछ र ब्याट्री खराब हुन सक्छ ।

भिडियो इडिटिङ : सकेसम्म भिडियो एडिटिङजस्ता बढी लोड पर्ने कामहरू ल्यापटपमा नगर्ने । किनभने यसबाट प्रोसेसरमा दबाब पर्छ र फलस्वरुप ब्याट्री लाइफमा क्षयीकरण हुनेछ ।

कमसल चार्जरको प्रयोग : यदि तपाईँ आफ्नो ल्यापटपमा सम्बन्धित ब्रान्डका अलावा कुनै कमसल लोकल चार्जरको प्रयोग गर्दा पनि तपाईँको ब्याट्रीको आयु घटिरहेको हुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?